अब रहस्यको गर्भमा ढुकुर

by 5:20 AM 0 comments

आइतबार साँझबाट पश्चिम मोरंगको यौटा रहस्य रहस्यमै सिमित हुने भएको छ । घटनाका सम्बन्धित पात्रहरुको विलयपछि पंक्षी र मानिस बिचको सम्बन्धलाई लिएर गरिएका शंका उपशंका रहस्य बनेका छन् ।
सुन्दरपुरमा बिरामी कुरेर बसेको ढुकुरलाई खेदाइएसँगै ढुकुरले नजिकसँग साइनो गाँसेको बिरामीको सोमबार बिहान मृत्यु भएको छ । बिरामीको मृत्युसँगै अलौकिक मानिने घटना इतिहास बनेको छ ।
गत जेठबाट पेटको रोगले थलिएकी मोरंग सुन्दरपुरकी धनमाया गुरुङ अचानक तंग्रिन थालिन् । जंगलमा बस्ने ढुकुर दिनहुँ आएर कुर्न थालेपछि उनी उठेर हिडडुलसम्म गर्न सक्ने भएकी थिइन् ।  पछिल्लो डेढ महिनायता स्वास्थ्यमा सुधार आएको थियो ।
गुरुङ र ढुकुरलाई हेर्न आउनेको भीड बाक्लिँदै गयो । नेपालदेखि विदेशबाट समेत मानिस ओइरिएर सहयोग दिन थाले । बिरामीको सहयोगका लागि कोष नै खडा गरियो । चार लाख भन्दा बढी रकम समेत संकलन गरियो ।
तर कुनै ठेकेदारसँग झै स्थानीय युवाहरुले गुरुङ परिवारसँग रकम माग्न थाले । डेढ महिनाको बिचमा मनग्ये पैसा कमाएको देखेपछि उनीहरुले पैसा माग गरे । तर गुरुङ परिवारले नदिएपछि युवाहरुले ढुकुरलाई लखेटे । ढुकुर आउनै छाड्यो । त्यसपछि धनमाया थला पर्न थालिन् । त्यसको १२ दिनपछि अर्थात् सोमबार विहान बिरामीको मृत्यु भयो ।
इटहरी, भदौ २५, (घटनाक्रम स्थानीय वासिन्दाको भनाईमा आधारित छ ।)

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment