क्या बात ! क्या बात !! क्या बात !!!

by 12:39 AM 0 comments
काम गर्ने क्रममा आफ्नो र अर्काको भन्ने चाहिँ नसोचियोस् । किनकी यही बेला त हो, जनताको मन जित्ने, विरोधीलाई आफ्नो समर्थक बनाउने ।  आफ्नालाई त गर्नैपर्यो, अर्कालाई पनि गर्न छुटाउनुभएन । विरोधी दलका कार्यकर्ताको पनि घर बनाइदिने नेताको गुन कसैले पनि बिर्सदैन ।
क्या बात ।
जनताको घरमा नेता ।
धेरैपछि यस्तो नजारा देख्न पाइएको छ । नेताहरु गाउँ पसेका छन् । चुनावपछि उनीहरु कुनै उद्धेश्यका साथ गाउँ पसेको सम्भवतः यो पहिलो अवसर हो ।

भुकम्प लगत्तै जनताले खोजेका नेताहरु यतिखेर गाउँ पुग्दैछन् । ठिकै छ, उद्धारमा नपुगेपनि पुनस्र्थापनाको काम पनि कम महत्वपूर्ण होइन ।

एमाओवादीका दुई प्रमुख नेताहरु बाबुराम भट्टराई र पुष्पकमल दाहाल गाउँमा देखिए । मैले इन्टरनेटमा तस्वीर हेरेँ । भट्टराईले भत्कन लागेको स्कुल भत्काउँदै रहेछन् । उनलाई थाहा छ, यो यत्तिकै छाडियो भने अर्को दुर्घटना हुनसक्छ ।

यि दुई नेता तिनै नेता हुन्, जसले नेपालको एउटा प्रणाली भत्काएर अर्को प्रणाली स्थापित गराउन भरमग्दुर कोसिस गरिरहेका छन् ।

तर उनीहरु जसरी नयाँ प्रणाली बनाउन ढिलाइ गरिरहेका छन्, त्यो भत्काइएको विद्यालयको ठाउँमा नयाँ विद्यालय भवन बनाउन चाहिँ ढिलाइ नगरुन् । वर्षातका् बेलामा पढ्दा विद्यार्थीले दुःख पाउनेछन् ।

यि दुई नेता कुनै धनाढ्य परिवारका छोराछोरी होइनन्, त्यसैले धुलाम्मे भएपनि ओभानो भुई, माटोले लिपेको गारो अनि फुसको छानो मात्रले पनि पढ्नलाई कति सहज बनाउँछ, उनीहरुलाई यो कुरा राम्रोसँग थाहा छ ।

धेरैले उनीहरुलाई तस्वीरका लागि ढोँग गरेको पनि भनेका छन्, तर यो जरुरी छैन कि नेताहरु कोदालो बोकेर जनताको बारी गोडिदिउन्, यो सम्भव पनि छैन । तर खानै नपाएका जनताको लागि त्यसको बन्दोवस्त मिलाइदिन सक्छन्, आफ्ना जुझारु कार्यकर्ताहरुलाई जनताको सेवाको लागि केन्द्रित गर्न सक्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोगका लागि समन्वय गरिदिन सक्छन् । त्यो काम गरुन् ।

यस बिचमा पार्टीहरुको युवा पंक्तिमा पनि गज्जबको उत्साह छ । एमालेका गोकर्ण विष्ट, महेश बस्नेत,  काँग्रेसका गगन थापा, प्रदीप पौडेल पनि अस्थायी घर बनाइदिन आफ्नो समुहसहित कम्मर कसेर लागेका छन् ।

वैद्य नेतृत्व र विप्लव नेतृत्वका नेताहरु पनि गाउँघरमै सक्रिय छन् भन्ने यदाकदा सुदिरहेको छु । जे होस्, जनताले गरेको विश्वासअनुसार काम गर्नेले नै जनताको साथ पाउँछ ।

यसबिचमा भुकम्प पीडितको लागि जसले गरे, जसले गर्न लगाए, जसले गर्ने सोँच बनाए, उनीहरु सबै धन्यवादका पात्र छन् । यही जाँगर सम्पूर्ण पार्टी पंक्तीले एक महिनामात्र देखाउने हो भने कोही पनि नेपालीले खुला आकाशमुनी वा टेन्टमुनी बस्नु पर्दैन ।

काम गर्ने क्रममा आफ्नो र अर्काको भन्ने चाहिँ नसोचियोस् । किनकी यही बेला त हो, जनताको मन जित्ने, विरोधीलाई आफ्नो समर्थक बनाउने । आफ्नालाई त गर्नैपर्यो, अर्कालाई पनि गर्न छुटाउनुभएन । विरोधी दलका कार्यकर्ताको पनि घर बनाइदिने नेताको गुन कसैले पनि बिर्सदैन । त्यसैले दलहरुको यो समाजसेवा तीव्र गतीका साथ अघि बढोस् ।




तस्वीरहरु : विभिन्न अनलाइन

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment