ब्लगको बारेमा

by 11:55 PM 0 comments
बुद्धजयन्तीको अवसरमा यो ब्लग सुरु गरेको छु । लामा र पट्यारलाग्दा कुरा लेख्दिँन । लेखिएका कुरामा तपाईबाट सुझाव चाहन्छु । पोष्टको पुछारमा कमेन्ट लेख्ने ठाउँ छ ।
राम्रा लागेका कुराहरु शेयर गरिदिनुहोस्, नराम्रा लागेका विषयवस्तुमा सुझाव दिनुहोस् । फेसबुक, ट्वीटर, इमेल । सम्पर्क गर्न कुनै माध्यमको कमी छैन ।
दैनिक लेख्न सक्दिँन, भ्याउँदिन । तर हप्तामा कम्तिमा यौटा लेख लेख्नेछु ।
सधै नकारात्मक मात्र होइन, सकारात्मकको लागि पनि ठाउँ दिनुपर्छ । सकारात्मक कुरो गर्दा नकारात्मक कुरो आफै छुट्टिन्छ । म सकारात्मक लेख्ने प्रयास गर्छु । तर नकारात्मकलाई नकार्न सकिन्न । किनकी यो हाम्रो समाज र सोँचको अभिन्न अंग हो ।
भूकम्पबाट भर्खर दुःखेको मनलाई सम्हाल्दै आजैका दिनदेखि हाँसेर बस्न थाल्यौं भने हाम्रा घाउहरु छिटो पुरिन्छन् । घाउहरु धेरै बेर चर्किनु हुन्न । सक्दो चाँडो बिर्सनुपर्छ ।
हामीमा आफ्नो गाउँ, समाजको लागि केही सकारात्मक गर्ने र सोच्ने शक्तिको विकास होस् । हामीमा सहयोग र भातृत्व बढ्दै आओस् ।

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment