धेरै चाहिँदैन, यौटै नेताले देश बनाउँछ, पत्याउनु भएन ?

by 2:01 AM 1 comments

कुनै देशलाई अघि बढाउन केही चाहिन्छ भने त्यो हो दुर दृष्टि भएको निरंकुश तर देशभक्त नेतृत्व । सिंगापुरका संस्थापकको रुपमा सम्मानित लि क्वान यु यस्तै गुण भएका नेता थिए । जो केही साताअघि बिते ।
५० वर्षअघि उनले नेतृत्व लिँदा सिंगापुर भर्खरै ब्रिटिस सेनाबाट अलग भएको थियो अनि सिंगापुर संसारकै अति कम विकास भएको देशमध्ये थियो । उनले सिंगापुरमा ३० वर्ष शासन मात्र चलाएनन्, बरु सिंगापुरलाई एसियाको आर्थिक केन्द्र पनि बनाए । अहिले सिंगापुर संसारकै आर्थिक गतिविधिको महत्वपूर्ण हिस्सा बनेको छ र यो देश संसारमै भ्रष्टाचार नहुने देशमध्ये पर्छ ।
उनको जीवन प्रेरणादायी छ । उनले आफ्नो जीवनकालमा कहिल्यै विमान चार्टर गरेर हिडेनन् । विदेश जाँदा जहिल्यै होटलको एउटै मात्र कोठा बुक गर्थे । सिंगापुरमा गगनचुम्बी महल बनिरहँदा यिनी जीवनपर्यन्त आफ्नो एक तले सानो घरमा बसे । सिंगापुरले यति विकास गर्नुको पछि धेरै कारणहरु छन् । तीमध्ये यौटा अति सानो तर महत्वपूर्ण कारण थियो, उनले आफ्नो देशको अफिसियल भाषामा चीनको मन्दारिन, मलेसियाको मले, श्रीलंकाको तमिल र बेलायती उपनिवेशले थोपरेकै भएपनि अंग्रेजी नै राखे । धेरैले बोल्ने भाषालाई प्राथमिकता दिँदा आफ्नो देशका जनताहरु अघि बढ्ने उनको विश्वास थियो ।
उनको सिंगापुर मोडलमा तीन कुरा समाविष्ट छन् । ती हुन्, स्वच्छ सरकार, आर्थिक उदारिकरण र केन्द्रिकृत शक्ति । भन्नेले उनलाई निरंकुश भने । किनकी उनले मिडियालाई आफ्नो मुठ्ठीमा राखे । विपक्षीलाई सडकमा आन्दोलन चर्काउन दिएनन् । अनि हड्ताल गरेर सेवा अवरुद्ध पार्नेसँग निरंकुश शैलीमा प्रस्तुत भए । तर उनको एउटै उद्देश्य थियो, जसरी भएपनि सिंगापुर बन्नुपर्छ । सिंगापुरलाई बनाउनकै लागि उनी आफैले प्रस्ताव गरेर मलेसियामा गाभी स्वशासित क्षेत्रको रुपमा चलाउने प्रयास पनि गरे, तर मलेसियाले सिमित अधिकार दिएका कारण दुई वर्ष पछि नै सिंगापुर अलग्गियो र अघि बढ्यो ।
निरंकुश हुनाको बाबजुद उनी र उनकी श्रीमती सधै भ्रष्टाचाररहित सिंगापुरको लागि डटिरहे । मुलुकको प्रधानमन्त्रीको हैसियत भजाएर कहिल्यै यौटा सिफारिस धरी निकालेनन् । त्यसैले त ५० वर्षअघि सँगसँगै हिडिरहेको नेपाललाई छाडेर सिंगापुर अर्को पचास वर्ष अघि निस्किसकेको छ ।
हेरौं, सन् १९६० र सन् २०१० मा खिचिएका उही ठाउँका तस्वीरहरु । जुन २०१५ सम्ममा आइपुग्दा झन् धेरै विकसित भइसकेका होलान् :


युगपथ

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

1 comment:

  1. sakaratmak karya ko thalani aajai vata ra aafai vata suru garnu pardaxa

    ReplyDelete