करोड गुमाएर लाख उठाउनुको के अर्थ प्रधानमन्त्री ज्यू

by 1:09 AM 0 comments
फुटबल खेलेर पचासै लाख जम्मा गरेपनि के अर्थ, जब भ्रष्टाचार, कालोबजारीले देश र जनताको करोडौं रकम गुमिरहेको छ भने ? सही नेतृत्व त्यो हो, जसले सही समयमा सही निर्णय गरेर सही तरिकाले काम गर्न सक्छ । पाल भ्रष्टाचार नियन्त्रण गर्न बेलैमा सोच्न सकेको भए करोडौं रकम खेर जाँदैनथ्यो ।
हिजो प्रधानमन्त्रीलगायत शीर्ष दलका शीर्षहरुसहित धेरै नेताहरु मैदान उत्रिए । कलाकारसँगको मैत्रीपूर्ण खेलमा उनीहरुको सहभागिता उत्साहजनक देखियो । क्यान्सरसँग जुधिरहेका प्रधानमन्त्री सुशील कोइराला पनि मैदानमा फूर्तीसाथ उत्रिए ।

भूकम्प पीडितहरुको सहयोगार्थ भनिएको यो खेलले कति सहयोग संकलन गर्यो, त्यो त थाहा हुन सकेन, तर यस्तो उत्साह देखाएर मिलिजुली खेल्नु राम्रो काम हो । यसले खेल भावना वृद्धि गरेर युवाहरुलाई दुव्र्यसनबाट मुक्त राख्न प्रेरित गर्छ । तर सन्दर्भ अलि बेतुकको भयो कि ?

छिमेकी भारतका प्रधानमन्त्री मोदी देश विदेश घुम्दै व्यापारीक साम्राज्य बढाइरहेका छन्, लगानी भित्र्याइरहेका छन् । हाम्रा प्रधानमन्त्री यसरी फुटबलै खेलेर बाढी पीडितको सहयोगार्थ भन्दै टाइमपास गरेको त्यती सुहाएन । फेरी कति नै सहयोग संकलन भयो होला र ?

नीतिगत सुधार, भ्रष्टाचार न्युनिकरणलगायत आफूले गर्नसक्ने थुप्रै काम प्रधानमन्त्रीले गर्न सक्छन् । उनले गर्ने पनि त्यही हो । उनले कपडा बोकेर सडकमा आर्थिक सहयोग संकलन गर्नु र यसरी फुटबल खेलेर सहयोग संकलनको लागि सहयोग गर्न खोज्नु उस्तै हो ।

भकुण्डो खेलाउन त जसले पनि सक्छ । प्रधानमन्त्रीले दाताहरु खेलाउनुपर्यो र आफ्नो नियन्त्रणमा राख्नुपर्यो । अरु नेताहरुको हकमा पनि त्यही हो ।

त्यत्रो धेरै पनि गर्नै पर्दैन । भर्खरै भूकम्प पीडितको लागि बाँडिएको पालमा भ्रष्टाचार भयो भन्ने गाईँ गुईँ सुनियो । जस्तामा कालोबजारी भयो भन्ने खबर आयो । राहत भन्दै बाँडिएको चामल कुहिएको पर्यो भन्ने पढ्न पाइयो । यो सबै बेथितीले देशलाई र सहयोगी दातालाई मात्रै करोडौंको नोक्सानी भएको छ ।

गुणस्तरहीन पालमा करोडौं रकम खेर गएको छ । व्यापारीले कालोबजारी गरेर बढाएको जस्ताको भाउ उनीहरुको कान समातेर ठिक ठाउँमा ल्याउन मात्र सकेको भए पनि जनताले एउटै बण्डललाई १ हजार पाँच सयसम्म महँगो तिर्नुपर्दैनथ्यो ।

फुटबल खेलेर पचासै लाख जम्मा गरेपनि के अर्थ, जब भ्रष्टाचार, कालोबजारीले देश र जनताको करोडौं रकम गुमिरहेको छ भने ? सही नेतृत्व त्यो हो, जसले सही समयमा सही निर्णय गरेर सही तरिकाले काम गर्न सक्छ ।

पाल भ्रष्टाचार नियन्त्रण गर्न बेलैमा सोच्न सकेको भए करोडौं रकम खेर जाँदैनथ्यो । अनि यसरी फुटबल खेलाउनुभन्दा देशको पुनर्निर्माणको लागि के गर्ने, कति लगानी लाग्छ, कति करबाट उठ्छ, कति सहयोग माग्ने, कुन देशबाट माग्ने भन्ने जस्ता निर्णय गर्न यो समय लगानी गर्नुपर्ने हो ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले यो सल्लाह एउटा कार्यक्रममार्फत् नेपाल सरकारका अर्थमन्त्रीलाई दिएका रहेछन् । दातालाई तुरुन्तै बोलाउनुभन्दा पहिले हाम्रो आन्तरिक सामथ्र्य, समस्या र हामीले कुन देशसँग कस्तो सहयोगको आशा गर्ने भन्ने बारे निर्णय गर्नु पहिले आवश्यक छ र त्यसमा ढिलो गर्न भएकै छैन भन्ने उनको तर्क थियो ।

फुटबल खेललाई बरु युवा दिवस, विश्व धुमपानरहीत दिवस, विश्व वातावरण दिवस जस्ता दिनमा सञ्चालन गरिएको भए त्यसले दिने  सन्देश सार्थक रहन्थ्यो । स्वस्थ रहन वा दुव्र्यसनबाट मुक्त हुन खेल खेलौं भन्ने सन्देश दिने गरी खेलेको भए बढी सकारात्मक उपलब्धीपूर्ण हुन्थ्यो ।

प्रधानमन्त्रीले आफ्नो तहबाट काम गरुन् । यसको मतलब उनी जनतासँग आउनै हुँदैन भन्ने होइन, तर त्यो जनताको पीरमर्का सुन्नका लागि हुनुपर्यो । जनताले उनको प्रतिनिधित्व गर्दै दाता गुहार्न त सक्दैनन् । तर उनले जनताको प्रतिनिधित्व गरिरहेका छन्, र त्यही प्रतिनिधित्व गर्दै उनी ठाउँमा पुगुन् भन्ने ध्येय मात्र हो ।

Neplee

Developer

लेखहरुप्रति तपाईको टिप्पणीलाई स्वागत गर्छु ।

0 comments:

Post a Comment