यो पनि पढ्नुस् : नेपालको सत्ता कब्जा : भारतको मिसन
सडक : चीनसँग जोडिने सबै सडकको स्तरोन्नती गरी यातायात सहज सञ्चालन गर्ने जिम्मा र चीनलाई दिउँ । हिउँ र पहिरोले अवरुद्ध हुने ठाउँहरुमा तत्काल हिउँ पन्छाउने र पहिरो हटाउने प्रविधिको व्यवस्था गरौं ।
औषधी : औषधीको चरम संकटलाई समाधान गर्न पहिलो प्राथमिकता दिउँ । अत्यावश्यक औषधीहरु कम्तिमा तीन महिना पुग्ने गरी विशेष व्यवस्था गरी ढुवानी गरौं ।पाइपलाइन र विद्युत् : सम्भाव्यता अध्ययन तुरुन्त थालेर जतिसक्दो चाँडो ग्याँस र तेल पाइपलाइनको लागि चीनसँग अनुरोध गरौं । चीनसँग विद्युत् खरिद प्रक्रिया अघि बढाऔं र विद्युत् प्रशारण लाइन निर्माणको काम तत्काल थालौं । हिउँदमा लोडसेडिङबाट बच्नका लागि चीनबाट कम्तिमा पाँच सय मेगावाट विद्युत् ल्याऔं ।
विद्युतीय साधन : राजधानीमा तत्काल कम्तिमा तीन सय विद्युतीय बसहरु सञ्चालनमा ल्याऔं । विद्युतीय रिक्साको प्रयोगलाई प्रबद्र्धन गरौं ।
विशेष सुरक्षा : आन्दोलनरत पक्षसँग वार्तासँगै तराईमा शान्ती सुव्यवस्था बनाउन र विशेषतः महेन्द्र राजमार्गमा भयरहीत आवतजावतको लागि विशेष सुरक्षा योजना बनाऔं । त्यसमा सेनालाई ठाउँ दिउँ ।

अन्तर्राष्ट्रियकरण : भारतको हस्तक्षेप र नाकाबन्दी बारेमा खुलेर आफ्ना कुराहरु विश्व समुदायमा राखौं । हामीले भारतलाई हराउन सक्ने भनेको अन्तर्राष्ट्रिय दबाबमा पारेर र आफ्नो अडान कायम राखेरै हो ।
स्वार्थसमुह : भारतले नेपालमा हिन्दू राष्ट्रको लागि दबाब दिएको छ । युरोपेली देशहरुले धर्म निरपेक्षताको लागि दबाब दिएका थिए । युरोपेली देशहरुलाई भारतको नियतबारे बुझाउन सके युरोपेली दबाब भारतविरुद्ध खनिनेछ ।
प्रत्यारोप : भारतले नेपालमा दण्डहीनता, मानवाधिकारलगायतका विषय उठाउने गरेको छ । उसलाई काउन्टर दिन ऊसँग सम्बन्धित पटेल आन्दोलन, किसान आन्दोलन, असहिष्णुताविरुद्ध अहिले कलाकारहरुले चलाइरहेको अभियान र विरोध, सिक्किमीकरण, फिजीकरण, कास्मिरीमाथिको अत्याचारको फेहरिस्त तयार पारौं र आवश्यकतानुसार कुटनीतिक तरिकाले प्रश्न गरौं । लाजै पचाएर उत्रिएपछि यो निकै आवश्यक छ, तर तरिका नरम हुनु जरुरी छ ।
सीमा सुरक्षा : चीन र भारत दुवै तर्फका सीमामा नेपाली सेनाको विशेष क्याम्प राखौं र त्यसलाई पछिसम्म निरन्तरता दिउँ ।
- युगपथ
0 comments:
Post a Comment