हामी नेपालीहरु एक अर्काको सुखमा खुसी र दुःखमा दुखी भएका छौं । यहाँ केही उदाहरण छन् :
तेन्जिङ नोर्गेलाई हामीले नसम्झिने हो र ? पासाङ ल्हामु दिदीलाई सम्झिँदा हाम्रो छाती गर्वले नफुल्ने हो र ? राष्ट्रीय गान राईले लेख्यो क्षेत्रीले लेखेन भनेर हामिले सयौं फूल ... भनेर नगाएको छ र ? दयाहाङ दाईको फिल्मको तारिफ नगर्ने कोही देखेको छौ ? मधेसको छोरो नेपाल को पहिलो राष्ट्रपती भए, हामीले खुशी मनाएकै हो । मदन कृष्ण श्रेष्ठले कुनै दिन यो देश चलाउन भनेर हामी ले शुभेच्छा राखेकै हो । मिरा राईले फ्रान्समा अल्ट्रा रेस जित्दा खुशीयाली मनाकै हो । अनिल गुरुङले नेपालका लागी गोल ठोक्दा हामी सबै उफ्रेकै हो । मेहेबुब आलमले विकेट लिए पिच्छे हामी खुशीले चिच्याएकै हो । शेष घलेको सफलता मा हामी खुशी नभाको हो र ? कर्ण शाक्यको किताब अनि जीवनबाट हामीले प्रेरणा लिने काम नगरेको हो र ? पाइलट विजय लामाप्रति हाम्रो सम्मान नभाको हो र ? तिलक राम थारु ले म्याराथूनमा पदक जित्दा हामी ले खुशीयाली नमनाको हो र ? अनि यो जात पात को कुरा कहाँ बाट आयो ? हामी सबै जातका मान्छे मिलेर बसेको बेला यो देशमा क्षेत्री बाहुनले अरु जातलाई सम्मान नै गरेनन् भन्ने कुरा कहाँबाट आयो ?
पीछडिएका भनिएका समुदायबाट पनि मेहेनत गर्नेहरुले राम्रो सफलता पाएका छन् । शोषक, उत्पीडक भनिएका बाहुन क्षेत्रीहरु यिनका कारखाना, व्यवशायमा जागिर खान्छन् :
पिछडिएका मधेसी तथा जनजातीहरुको तथ्यांक :
१.विनोद चौधरी(आदिवासी थारु) : खर्बपती
२.उपेन्द्र महतो(मधेसी) : खर्बपती
३.शेष घले(जनजाति) : खर्बपती
४.राजेन्द्र खेतान(मधेसी) : खर्बपती
५.आदित्य झा(मधेसी) : खर्बपती
६.बलराम चेनराइ(जनजाति) : खर्बपती
७.हिरा महर्जन (नेवार) : अर्बपती
८.अजय सुमार्गी(मधेसी) : अर्बपति
९.पशुपति शमशेर राणा (राणा खान्दान) : करोडपति
१०.ज्ञानेन्द्र शाह(पुर्ब राजा) : करोडपति
अन्य करोडपति धनिहरु बहुसंख्यक मधेसी मर्वाडी समुदायहरु । बहुसङ्ख्यक जनजाति थकाली समुदायहरु पनि धनी देखाएका छन् । बहुसंख्यक जनजातिहरु भारतीय गोर्खा रेजिमेन्ट । सिङ्गापुर पुलिस, हङकङ पुलिस देखि बृटिस आर्मी सम्ममा पहुँच भएकोले उनिहरुको आर्थिक अवस्था उच्च रहेको छ । उनीहरुका छोराछोरी विश्वका नामी दामी देश अष्ट्रेलिया, अमेरिका, क्यानाडामा पढ्ने भएकोले पनि उनीहरुको आर्थिक अवस्था झनै मजबुत देखिएको हो । युएनडिपीको प्रतिवेदनले भनेको छ, बाहुनहरु र क्षेत्री राजनीतिक रुपमा सचेत वर्ग भएपनि औसत क्षेत्री ब्राह्मणहरु व्यापार व्यबसायमा खासै चासो नराख्ने र खाडी मुलुकहरुमा लेबर कामका जाने गरेकाले हातमुख जोर्नसम्म पुग्ने गरेको बताएको छ । सिमित क्षेत्री ब्राह्मणका छोरा छोरी लोकसेवामा नाम निकाली सरकारी जगिरे भए पनि उनीहरुको आर्थिक अवस्था त्यति राम्रो नभएको बताएको छ । प्रतिवेदनले भनेको छ नेपालमा आदिबासी, जनजाति र मधेसीहरुको लागि सरकारी जागिरदेखि हरेक क्षेत्रमा कोटा छुट्याइएको हुनाले केही दशकपछि नेपालमा सबै भन्दा गरिब वर्ग क्षेत्री ब्राह्मण हुनेछन् ।
अन्य अति उच्च सरकारी ओहोदाहरु :
१.राष्ट्रपती(मधेसी) : रामवरण यादव
२.उपराष्ट्रपति(मधेसी) : परमानन्द झा
३.प्रधानमन्त्री (ब्रह्माण) : सुशील कोइराला
४. संविधान सभा अध्यक्ष(जनजाति) : सुवास नेम्वाङ
५.संविधान सभा उपाध्यक्ष(जनजाती)यो तथ्यांक हेर्दा नेपालका सुपर धनीदेखि नेपाल सरकारका उच्च ओहदामा बहुमत जनजाती र मधेसी देखिए र पनि उनीहरुलाई नै सरकारका सबै क्षेत्रमा आरक्षण कोटा तोकिएको छ । गरिबीका अधारमा आरक्षण कोटा लागू गर ! जातका अधारमा आरक्षण दिने काम बन्द गर ! जुन जाती धनी ! उनीहरुलाई नै सरकारी आरक्षण कोटा ! यो कस्तो देश हो ?
(तथ्य, तथ्यांक फेसबुकमा शेयर गर्नेले शेयर गरेको जानकारी मात्र हुनसक्छ ।)
केही मानिसहरु भनिरहेका छन्, "म पनि परिवर्तनको लडाइमा छु, तर मलाई गलत व्याख्या नगरियोस् ।"
- म शोषण, दमन, उत्पीडन, विभेद र कुसंस्कारको घोर विरोधी हुँ, यसको अर्थ म जातीय पहिचान सहितको संघीयताको पक्षधर होइन ।
- म जातीय पहिचान सहितको संघियताको घोर विरोधी हुँ यसको मतलव, म संघीयता विरोधी होइन ।
- म स्वतन्त्र समुदायको पक्षधर हुँ जसले जात जातिका गुमेका अधिकार भाषा कला संस्कृति र जिवनशैलीको जगेर्ना गर्दछ ।
- म केन्द्रिकृत खर्चिलो र भ्रस्ट राज्य व्यवस्थाको घोर विरोधी हुँ, यसको मतलब म बाहुन विरोधी होइन ।
केहीले भनेका छन्, "आन्दोलन गर, तर अति नगर ।"
के यही हो राजनैतिक आन्दोलन ? यस्तो अराजकतालाई छुट र पुठ दिईयो भने जातीय सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रियता हुर्रहुरी जलेर खरानी हुन्छ । अनि त्यही खरानी चालेर जातीय मुक्ति, पहिचानको अनुहार र संघीय राष्ट्र पाउन सम्भव छ ?सरकार र पार्टीहरु जनताको भ्रम हटाउन अघि बढ्नैपर्छ । स्वार्थले प्रेरित दाजुभाई मराउने खेल बन्द गर्नैपर्छ । आफूसँग भएको जनमत लिएर अघि बढ र बाँकी जनतालाई पनि बुझाऊ । सद्भाव बनाऊ । देश र जनता बचाऊ ।
केही चाहिँ आन्दोलनका नाममा भइरहेका घुसपैठहरुको विरोधमा ठूला राजनीतिक दललाई सक्रिय हुन भनिरहेका छन् :
पहिलो संविधानसभा चुनावमा यति तथा दोस्रोमा यति मत पायौं, जिल्ला, गाउँ, नगर समिति यति र यति हजार र लाख कार्यकर्ता छन् भनेर कागजमा लेख्नु वा भाषणमा सुनाउनुको अहिले कुनै अर्थ छैन । सामाजिक सदभाव भड्काउने, संविधान बन्न नदिने, देशलाई आगो लगाएर ध्वस्त पार्ने र संवृद्ध हुन नदिने षड्यन्त्र रोक्न नसक्ने हो भने कागज र भाषणका ती कार्यकर्ता र समर्थक कागजी बाघबाहेक केही हँुदैनन् । अहिले प्रमुख दलका कार्यकर्ता र समर्थक सडकमा आउने हो भने देशलाई आगो लगाएर ध्वस्त पार्ने सपना देख्नेहरु दुलो भित्र लुक्नुपर्ने अवस्था आउनेछ । किन, ढिलो गरेका हुन्, प्रमुख दलहरुले यस्तो अभियान चलाउन .... ?
आन्दोलन हिंसात्मक नहोस् । आन्दोलनभित्र छिरेर सद्भाव भाँड्ने र द्वन्द बढाउने गरी भइरहेका घुसपैठ नियन्त्रण होस् । बन्द, हड्ताल, ध्वंश नहोस् । समाधान संवादबाट सजिलो हुन्छ । आन्दोलनरत् पक्षले संवाद थाल । सरकारले अग्रसरता देखाऊ । राजनीतिक दल र नेपाल सरकार गम्भीर देखिएको छैन । अन्त्यमा यी केही तस्वीरलाई पनि मनन् गरौं :पहिलो संविधानसभा चुनावमा यति तथा दोस्रोमा यति मत पायौं, जिल्ला, गाउँ, नगर समिति यति र यति हजार र लाख कार्यकर्ता छन् भनेर कागजमा लेख्नु वा भाषणमा सुनाउनुको अहिले कुनै अर्थ छैन । सामाजिक सदभाव भड्काउने, संविधान बन्न नदिने, देशलाई आगो लगाएर ध्वस्त पार्ने र संवृद्ध हुन नदिने षड्यन्त्र रोक्न नसक्ने हो भने कागज र भाषणका ती कार्यकर्ता र समर्थक कागजी बाघबाहेक केही हँुदैनन् । अहिले प्रमुख दलका कार्यकर्ता र समर्थक सडकमा आउने हो भने देशलाई आगो लगाएर ध्वस्त पार्ने सपना देख्नेहरु दुलो भित्र लुक्नुपर्ने अवस्था आउनेछ । किन, ढिलो गरेका हुन्, प्रमुख दलहरुले यस्तो अभियान चलाउन .... ?
विचार र तस्वीर स्रोत: फेसबुक
0 comments:
Post a Comment